काठमाडौं, १० माघ । काठमाडौं विश्वविद्यालयमा २५ दिनदेखि तालाबन्दी भएको छ । तालाबन्दी हुँदा विश्वविद्यालयको पठनपाठनमा प्रभावित भएको छ।
प्राध्यापक र कर्मचारीबीच सहमति भएको चार बुँदे माग कार्यान्वयनमा नआएपछि पुस १६ गतेबाट विश्वविद्यालयमा ताला लगएको थियो साउन २३ गतेबाट सुरु भएको प्राध्यापकको आन्दोलन ४२ दिनपछि सहमतिमा टुंगिएको थियो।

भदौ ३० गते भएको सहमतिमा काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ (कुपा) र कर्मचारी संघ (कुसा) लाई पारित गर्ने, विश्वविद्यालय सभामा प्रतिनिधित्व गराउने, आर्थिक तथा नीतिगत भ्रष्टाचार छानविन गर्ने र वृत्ति विकास लगायतका विषय थिए।
उक्त सहमतिहरु अहिलेसम्म कार्यन्वयन हुन नसक्दा आन्दोलनले पढाइ ठम्प छन्। आन्दोलनले अहिलेसम्म पढ्न नपाएको भन्दै विद्यार्थीहरु दुखेसो पोख्छन् ।



