advertisement

प्राचार्य खड्काले संस्थागत रुपमा कोरोना बीमा गर्ने सुर्खेतमै आफूहरु पहिलो विद्यालय भएको दाबी गर्नुभयो ।

" /> निजी विद्यालयद्वारा सम्पूर्ण शिक्षक–विद्यार्थीको कोरोना बीमा - Sarbocha Media

निजी विद्यालयद्वारा सम्पूर्ण शिक्षक–विद्यार्थीको कोरोना बीमा

`

     २०७७ श्रावण १२ गते ५:३६

कर्णाली, १२ साउन । वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ । सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल इन्सोरेन्स कम्पनीसँग कोरोना बीमा गरेको जानकारी दिनुभयो । “विश्वभर फैलिएको महामारीको जोखिमलाई बहन गर्नका लागि कोभिड–१९ बीमा गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले आफ्ना शिक्षक, कर्मचारी तथा विद्यार्थीको स्वास्थ्य सुरक्षाको दायित्व पूरा भएको छ ।”

advertisement

प्राचार्य खड्काले संस्थागत रुपमा कोरोना बीमा गर्ने सुर्खेतमै आफूहरु पहिलो विद्यालय भएको दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?