स्वास्थ्य मापदण्ड पालना नगरेको त्रिविको परीक्षा स्थगित गर्न प्रधानमन्त्री देउवाको निर्देशन

`

     २०७८ माघ ०६ गते ७:४१

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा अनुगमन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन् ।

मुख्यसचिव शंकरदाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए(नभएको अनुगमन गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले परीक्षा हलमा सामाजिक दूरी कामय नगरेको र स्यानेटाइजर एथेष्टमात्रामा नभएको पाइएका केही हप्ता परीक्षा स्थगितसमेत गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?