पालिकामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । साक्षर पालिकाका लागि राष्ट्रभाषा वा मातृभाषाका वर्णका अक्षरको पढाइ र लेखाइ गर्न सक्ने, राष्ट्रभाषा वा मातृभाषामा लेखिएको मूल्यसूची र बिलको पढाइ, आफ्ना परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटरका अङ्क तथा अक्षर चिनेर प्रयोग गर्न जान्ने, शून्यदेखि नौसम्मका अङ्कका अक्षर लेखाइ, एकदेखि १०० सम्म सङ्ख्या गणना, लेनदेनको हिसाब राख्नेलगायतका सूचक रहेका छन् ।

सरकारले विसं २०७६ भित्र देशका सबै जिल्ला नै पूर्ण साक्षर घोषणा गरी नेपाललाई नै साक्षर देश घोषणा गर्ने लक्ष्य राखेको थियो तर नेपालमा कोरोना महामारी फैलिएपछि सबै सूचक पूरा गरे पनि घोषणा कार्यक्रममा ढिलो भएको छ ।

कैलालीमा अझै पनि तीन प्रतिशत नागरिक निरक्षर रहेको तथ्याङ्क छ । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सुवेदीले गाउँपालिकाले साक्षर घोषणा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । “घोषणापछि शैक्षिक गतिविधि निरन्तर गर्नुपर्छ, निरक्षर व्यक्ति कोही बचेका वा बसाइसराइँ गरी आएमा उनीहरुलाई निरक्षर बनाउने कार्यमा खट्नुपर्छ”, सुवेदीले भन्नुभयो, “निरन्तरता दिन चुनौती छ, यसमा पालिकाले बजेट विनियोजन गरेरै काम गर्नुपर्छ, साक्षरमात्र होइन पूर्ण साक्षरतातिर लैजान गाउँपालिकाले ध्यान दिनुपर्छ ।”

गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले शिक्षाको विकासले गाउँपालिकाको अन्य विकासमा पनि सहयोग पुग्ने भएकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । शिक्षामा लगानी गर्न कञ्जुस्याइँ नगर्ने अध्यक्ष चौधरी बताउनु भयो ।

" /> समाज Archives - Page 330 of 621 - Sarbocha Media

समाज

संसद भवन परिसर छिरेर लघुवित्त पिडितको नाराबाजी

काठमाडौं, फाल्गुण १४ । लघुवित्त पीडितहरुले संसद भवन परिसरमा छिरेर नाराबाजी गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षा घेरा तोड्दै लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन् । करिब ५० जनाको संख्यामा रहेका पीडितहरु संसद भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए । उनीहरुलाई सुरक्षाकर्मीले घेरा हालेर नियन्त्रणमा