समाज

पहिलो पटक नयाँ प्रकृतिको निर्वाचन गर्नुपर्ने हामीलाई बाध्यता छ: प्रचण्ड

काठमाडौँ, १८ पौष । नेकपा (मा‌ओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई समानुपातिक, समावेशी बनाउने चुनौती रहेको बताएका छन् । आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवनमा जारी बन्दसत्रमा सम्बोधन गर्दै समानुपातिक समावेशीको विषयमा पार्टीभित्र असन्तुष्टि आएको उल्लेख गर्दै दाहालले पहिलोपटक नयाँ प्रकृतिको निर्वाचन गर्नुपर्ने बाध्यतामा रहेको बताए । ‘हामी स्थायी कमिटी बैठकबाट आएका छौं । असन्तुष्टिका कुरा