एसीसी यू-१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा पुग्यो

`

     २०८२ मंसिर १२ गते ७:०४

काठमाडौं । नेपाल एसीसी पुरुष यू-१९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । नेपालले समुह ए अन्तर्गतको खेलमा हङकङलाई ११९ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

नेपालले दिएको २७१ रनको लक्ष्य पछाएको हङकङले ४०.५ ओभरमा अल आउट हुदै १५१ रन बनाएको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउदै २७० रन बनाएको थियो ।

यो जितपछि नेपालले समुह ए मा दुवै खेलमा जित हासिल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । नेपालले अब सेमिफाइनलमा मलेसियाको सामना गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?