अमेरिकाविरुद्ध नेपाल, नेपालले पहिले ब्याटिङ गर्ने

`

     २०७८ आश्विन ०१ गते १०:२३

काठमाडौँ, १ असोज । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ।

ओमानको अल अमिरत रंगशालामा अमेरिकाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

यसअघि नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।

नेपालले हालसम्म ओमान र अमेरिकासँग तीन-तीन खेल खेलिसकेको छ । नेपाल ६ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

ओमान १२ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १४ खेलबाट १२ अंक छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?