काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) का नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने सरकारी गाडी लिएर चुनाव प्रचारमा पुगेका छन् । कपिलवस्तुको शुद्दोधन गाउँपालिका–१ मा उपनिर्वाचन प्रचार–प्रसारमा जाँदा उनले सरकारी गाडी प्रयोग गरेको भेटेपछि नेकपा (माओावादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ताहरुले प्रतिवाद गरेका थिए ।
उनीहरुले सांसद न्यौपानेसहित एमाले नेताहरु चढेको उक्त सरकारी गाडी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकडीमा बुझाएका थिए ।