एमालेको हीरक महोत्सवमा प्रचण्ड-देउवादेखि माधव -झलनाथसम्मलाई निम्तो

`

     २०८१ वैशाख ०७ गते ५:३७

काठमाडौं,७ वैशाख । नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको ७५ वर्ष पूरा भएको अवसरमा सत्तारुढ दल नेकपा एमालेले गर्न लागेको हीरक महोत्सवमा देशका प्रधानमन्त्रीदेखि सबै पूर्व प्रधानमन्त्रीलाई आमन्त्रण गरिने भएको छ ।

एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महोत्सवमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवै जनालाई प्रमुख वक्ताको रुपमा निमन्त्रण गरिएको छ । दुवै नेतालाई आजमात्र भट्टराई नेतृत्वको टिमले निम्तो दिएको थियो ।

त्यस्तै तत्कालिन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादबलाई पनि एमालेले आजै निम्ता दिएको छ भने नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बावुराम भट्टराई, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेकपाका महासचिव नेत्रविक्रम चन्दा, मोहन वैधलगायतलाई निम्तो दिनेक्रम जारी रहेको भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?