भएका समस्याहरूलाई सुधार गर्ने भनेको पनि गणतन्त्रले नै हो : सञ्‍चारमन्त्री शर्मा

`

     २०८० ज्येष्ठ ११ गते ३:१६

काठमाडौँ, जेठ ११ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छिन्।

‘राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्न सक्ने कुरा पनि गणतन्त्रबाट सम्भव भएको हो। यदि गणतन्त्र, लोकतन्त्र हुन्नथ्यो, हामीलाई यसरी बोल्ने स्वतन्त्रता हुँदैनथ्यो भने हाम्रा शासक, सत्ता सञ्चालकहरुले गरेका कमजोरी र गल्तीलाई पनि हामी बाहिर बोल्न सक्दैनथ्यौ होला,’ उनले भनिन्, ‘त्यसकारणले यहाँ भएका समस्याहरुलाई सुधार गर्ने भनेको पनि गणतन्त्रले नै हो। लोकतन्त्रले नै हो। गणतन्त्र, लोकतन्त्रको विकल्प फेरि पश्चगमन हुन सक्दैन। पछाडि फर्कने कुरा हुन सक्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?