राहदानी वितरणमा ढिलासुस्ती गरेको भन्दै विभागविरुद्ध युवा सङ्घको प्रदर्शन

`

     २०७९ आषाढ १९ गते १:२१
  • 15
    Shares

काठमाडौँँ, १९ असार । राहदानी (पासपोर्ट) वितरणमा ढिलासुस्ती गरेको भन्दै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले राहदानी विभाग अगाडि विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगार दे, कि पासपोर्ट दे’, ‘महँगीले सतायो, राहदानीले रुवायो’, ‘राहदानी मेरो अधिकार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले त्रिपुरेश्वरस्थित विभागको गेट अगाडि भेला भएर प्रदर्शन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?