advertisement

“आपतकालीन अवस्थामा गर्भवती महिला पनि यसरी नै ट्युब तर्नुपर्छ । भारतीय अस्पताल नपुगुन्जेल जतकाल (सुत्केरी) हुन नसकेर मरिन्छ कि महाकाली तर्दा ट्युब पल्टेर मरिन्छ भन्ने कुरा अस्पताल नपुन्जेल ठेगान हुँदैन,” साउदले भन्नुभयो । फर्किंदा पनि त्यही ट्युब नै सहारा भएकाले घर नपुगुन्जेलसम्म मर्ने बाँच्ने ठेगान नहुने त्रास उहाँले व्यक्त गर्नुभयो । यो खबर आजको गोरखापत्रमा छ ।

" /> दुई काल पार गरेर जतकालको पीडा ! - Sarbocha Media

दुई काल पार गरेर जतकालको पीडा !

`

     २०७६ फाल्गुन ०६ गते १:३३

बैतडी, फागुन ६ । बैतडीको तल्लो स्वराड क्षेत्रका महिलामा अझै पनि दुई वटा कालको पीडा कायमै रहेको छ । ती दुई पीडामा एउटा जतकाल (सुत्केरी) र अर्को महाकालीको जोखिमपूर्ण ट्युब पार गरेर सुत्केरी हुनुपर्ने काल कायमै छ ।

गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा १८ वर्षदेखि चिकित्सकीय सेवा उपलब्ध छैन । रक्तस्राव रोक्ने औषधि र जिल्लामा दक्ष स्वास्थ्यकर्मी नहुँदा कतिपयले ज्यान गुमाउनु परेको छ ।

बैतडी अस्पतालमा दरबन्दी भए पनि डाक्टर छैनन्, पद रिक्त छ । तीनवटा स्थानीय तह रहेको स्वराड क्षेत्रका करिब एक लाखको जनसङ्ख्यालाई गाउँमै स्वास्थ्य सेवा दिन स्थापना भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १८ वर्षदेखि डाक्टर नहुँदा आफैँ बिरामी जस्तो छ ।

डाक्टर न जिल्लामा छन् न त गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा । उपचार गर्न स्वराडवासीसामु एउटै विकल्प भारतीय सीमा क्षेत्रका अस्पताल मात्र हो । तर भारत जान पनि नदीमा पुल छैन । ज्यान बचाउन ज्यान नै दाउमा राखी महाकाली नदीमा जोखिम मोलेर ट्युबमा तर्दै भारत जानुपर्ने बाध्यता छ ।

उपचार गर्न भारत जाँदै गरेको अवस्था शिवनाथ गाउँपालिका–२ की मनहरी साउदले दुई वर्षको नानी काखी च्यापेर महाकालीको पानीमा ट्युबमा हेलिनुभयो । गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर छैनन्, त्यसैले भारत जान लागेको मनहरीले बाध्यात्मक
पीडा सुनाउनुभयो ।

advertisement

“आपतकालीन अवस्थामा गर्भवती महिला पनि यसरी नै ट्युब तर्नुपर्छ । भारतीय अस्पताल नपुगुन्जेल जतकाल (सुत्केरी) हुन नसकेर मरिन्छ कि महाकाली तर्दा ट्युब पल्टेर मरिन्छ भन्ने कुरा अस्पताल नपुन्जेल ठेगान हुँदैन,” साउदले भन्नुभयो । फर्किंदा पनि त्यही ट्युब नै सहारा भएकाले घर नपुगुन्जेलसम्म मर्ने बाँच्ने ठेगान नहुने त्रास उहाँले व्यक्त गर्नुभयो । यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?