सुनको मूल्यमा वृद्धि

`

     २०७८ भाद्र ३० गते ५:३९

काठमाडौँ, ३० भदौ । बुधवार  सुनको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सयले बढेर प्रतितोला ९१ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रहेको छ ।

बुधवार चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १२०० मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?