साताको पहिलो दिन पनि नेप्से गिरावट, ७२ अंकले घटे २५१३ स्थगित

`

     २०७८ मंसिर १९ गते ९:४४

काठमाडौँ, मंसिर १९ । साताको पहिलो कारोबार दिन  (नेप्से) ७२ अंकले घटेर बन्द भएको छ ।

यसक्रममा चार अर्ब ९ करोड रुपैयाँ बराबरका ८९ लाख २० हजार कित्ता सेयर किनबेच भएका छन् । मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले सेयर बजारमा ४ र १२ करोडको नीति ल्याएपछि नेप्से निरन्तर ओरालो गतिमा छ । खासगरी, राष्ट्र बैंकले एक जना लगानीकर्ताले सेयर धितोमा ३ वटा बैंकबाट बढीमा १२ करोड रुपैयाँ ऋण लिन पाउने व्यवस्था गरेपछि बजार ओरालो लाग्न सुरु गरेको थियो ।

आज ७२ अंकले घटेपछि नेप्से परिसूचक २५ सय १३ अंकमा आइपुगेको छ । समग्र बजार घटेको दिन आज कारोबार भएका १३ मध्ये सबै समूह घटेका छन् ।

जीवन बीमा कम्पनी समूहमा ३०२ अंकको गिरावट आएको छ भने निर्जीवन बीमा कम्पनी समूहमा २५१ अंकको गिरावट आएको छ । यस्तै, आज विकास बैंक समूहमा २०३ अंकको गिरावट आउँदा लघुवित्त समूहमा १३१ अंकको गिरावट आएको छ ।

आज न्यादी हाइड्रोपावर लिमिटेडको सेयर लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ४५४ रुपैयाँ पुगेपछि लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका हुन् । यस्तै, आज आईसीएफसी फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी प्रतिकित्ता ८ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?