मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको प्रहरीले बताए । घटनामा संलग्न दोषीको पहिचान हुन नसेकाले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको प्रवक्ता थापाले जानकारी दिए ।

" /> रुपन्देहीमा एक युवकको मट्टितेल खन्याई आगो लगाएर हत्या - Sarbocha Media

रुपन्देहीमा एक युवकको मट्टितेल खन्याई आगो लगाएर हत्या

`

     २०७७ माघ ०७ गते ८:२८

बुटवल, ७ माघ। रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन ।

मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको प्रहरीले बताए । घटनामा संलग्न दोषीको पहिचान हुन नसेकाले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको प्रवक्ता थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?