गठबन्धनका उम्मेदवार देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहको समर्थन रहेको छ।

देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली काँग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन्।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदूर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ। नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन्।

माओवादीबाट निर्वाचित थापा एमाले प्रवेश गरेपछि वाग्मती प्रदेशको राष्ट्रिय सभाको सिट रिक्त भएको थियो। उक्त सिटमा जेठ ६ गते मतदान हुँदै छ।

" /> राष्ट्रियसभा सदस्यमा थापा र देवकोटाको उम्मेदवारी दर्ता - Sarbocha Media

राष्ट्रियसभा सदस्यमा थापा र देवकोटाको उम्मेदवारी दर्ता

`

     २०७८ वैशाख २४ गते ७:४६

हेटौँडा, २४ वैशाख । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन नेकपा एमालेबाट रामबहादुर थापा र गठबन्धनका उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी दर्ता भएको छ ।

शुक्रबार वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालयमा थापा र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन्। बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन्।

गठबन्धनका उम्मेदवार देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहको समर्थन रहेको छ।

देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली काँग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन्।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदूर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ। नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन्।

माओवादीबाट निर्वाचित थापा एमाले प्रवेश गरेपछि वाग्मती प्रदेशको राष्ट्रिय सभाको सिट रिक्त भएको थियो। उक्त सिटमा जेठ ६ गते मतदान हुँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?