रामकृष्ण भन्छन्– हाम्रो सम्बन्ध कहिल्यै मर्दैन, अदालत भन्छ– सम्बन्ध मरिसक्यो

`

     २०७६ पौष ०९ गते ४:१३

 

२०७६ पौष ९ बुधवार

यतिखेर सामाजिक सञ्जाल ताती रहेको छ, रामकृष्ण ढकालको डिभोर्सको विषयले । ढकालले भने उनको श्रीमती निलम शाहसँगको सम्बन्ध टुटेको बारे स्वीकारोक्ति दिएका छैनन् ।

फेसबुक स्टेटस मार्फत ढकालले रहस्यमय ढङ्गले भन्छन्– हाम्रो सम्बन्ध कहिल्यै मर्दैन । तर अदालतले भने उनको डिभोर्स भएको पुष्टि गरिसकेको छ ।

निलम शाहले सम्बन्ध विच्छेदका लागि मङ्गलवार निवेदन दिएकी थिइन्। सो अनुसार गायक ढकाल र श्रीमती शाहबिच बुधवार जिल्ला अदालत काठमाडौँमा सम्बन्ध विच्छेद भएको हो ।

श्रीमती निलम शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्। उनीहरूबिच सम्बन्ध विच्छेद भएपछि सानी छोरी भने आमासँगै बस्ने भएकी छिन्।

लाग्छ, अदालती प्रक्रियामा सम्बन्धको अन्त्य गर्ने विषयमा सहमति गर्नु परे पनि भावनात्मक रूपले ढकाललाई डिभोर्स स्विकार्न मन छैन । उनलाई निकै पिडा भइरहेको छ । नहोस् पनि कसरी! जीवन भरी दुःख सुखमा सँगै बाँच्ने कसम खाएर विवाह बन्धनमा बाँधिएको श्रीमती छुट्टिएर गएपछि ।

तर, श्रीमतीलाई भने यस्तो कुराले किन नपोलेको होला?

प्रेम विवाह गरेर १७ वर्ष सँगै बसेपछि ढकाल र शाह बिचको सम्बन्ध दुःखद ढङ्गले अन्त्य भएको छ ।

अहिलेको समयमा सम्बन्धको विषयलाई किन यति सजिलो रूपमा लिइन्छ? सम्बन्धलाई खेलको रूपमा होइन मेलको रूपमा लिऔँ ।

जीवन मूल्य बोध गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?