यस वर्षको नोबेल शान्ति पुरस्कार मारिया रेसा र डिमिट्री मुरातोभलाइ

`

     २०७८ आश्विन २२ गते ९:३५

काठमाडौँ, २२ असोज । यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्स र रूसका पत्रकारले पाएका छन्।

फिलिपिन्सका मारिया रेसा र रूसका डिमिट्री मुरातोभलाई ती मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि उनीहरूले गरेको साहसपूर्ण कामका लागि नोबेल पुरस्कार छनौट समितिले नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको बिबिसीले जनाएको छ।

कमिटीले कोरोनाभाइरसको महामारीका कारण यसवर्षका नोबेल विजेताहरूलाई सम्बन्धित देशहरूबाटै पुरस्कार प्रदान गर्ने योजना बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?