मेरो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भयो: प्रधानमन्त्री देउवा

`

     २०७८ माघ ०७ गते ११:०७

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भएको बताएका छन् ।

‘मेरो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा तीव्र विस्तार र सामाजिक क्रियाकलापमा समेत उल्लेख्य सुधार भएको छ,’ देउवाले भनेका छन् ।

शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो सरकारले ६५ प्रतिशतलाई नागरिकलाई कोभिडविरुद्धको खोपका पूर्ण मात्रा र ७८ प्रतिशतलाई पहिलो मात्राको खोप दिएको बताए । सरकारले ६ महिनाको अवधिमा गरेका कार्यप्रगतिबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाले १ करोड ९९ लाख २२ हजार १६४ खोप लगाउन योग्य नेपाली जनतामध्ये ६५ प्रतिशतलाई पूर्ण खोप लगाइएको जानकारी दिए । प्रधानमन्त्री देउवाले पुस मसान्तसम्म १ करोड ५६ लाख ६ हजार २१ लाई एउटा मात्रा र १ करोड १८ लाख ६९ हजार ९ सय ७४ लाई खोपको पूर्ण मात्रा दिइएको बताए ।

उनले यो अवधिमा सरकारले ४ करोड ३ लाख ८८ हजार ८४० डोज खोप प्राप्त गरी २ करोड ७४ लाख ७५ हजार ९९५ खोप वितरण गरिएको बताए ।

यसैगरी उनले सरकारले सरकारी अस्पतालको सेवा र पुर्वाधारमा उल्लेख्य सुधार गरेको, भेन्टिलेटर र अक्सिजन प्लान्ट लगायत सामग्रीहरुमा समेत सुधार गरेको बताए ।

त्यस्तै, अक्सिजनको पर्याप्त आपुर्ति तथा भण्डारण र जनशक्तिको व्यवस्थापनमा समेत सुधार गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?