मुख्यमन्त्री गुरुङले प्रदेश सभा नै भंग गर्न लागेको भन्दै उनले सभा जोगाउन आफूले विपक्षीलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

नेपालीलाई कांग्रेस, माओवादी, जसपा र राजमोले समर्थन गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा ३१ सांसदको समर्थन पाएका नेपाली मुख्यमन्त्री बन्ने प्रायस् निश्चित छ ।

" /> मुख्यमन्त्री दावी गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगे नेपाली - Sarbocha Media

मुख्यमन्त्री दावी गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगे नेपाली

`

     २०७८ ज्येष्ठ २८ गते ११:५१

पोखरा, २८ जेठ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा दावी पेश गर्न नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतको आधार प्रस्तुत गर्न आह्वान गरेपछि नेपाली बहुमत सांसद सहित पुगेका हुन् । ।

मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले वैकल्पिक सरकार गठन आह्वान गरेकी थिइन् । गुरुङलाई मत दिन अनुपस्थित रहेका स्वतन्त्र सांसद दीपक मनाङे पनि विपक्षी गठबन्धनका साथ प्रदेश प्रमुख निवास पुगेका छन् ।

मुख्यमन्त्री गुरुङले प्रदेश सभा नै भंग गर्न लागेको भन्दै उनले सभा जोगाउन आफूले विपक्षीलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

नेपालीलाई कांग्रेस, माओवादी, जसपा र राजमोले समर्थन गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा ३१ सांसदको समर्थन पाएका नेपाली मुख्यमन्त्री बन्ने प्रायस् निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?