advertisement

विज्ञसगँको छलफलमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले लकडाउन गर्ने, नगर्ने कुरा समुादयमा संक्रमणको स्तर हेरेर निर्धारण हुनुपर्ने बताए । उनले हरेक नागरिकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन कडाइ गर्नुपर्ने बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग सरकारले सुझाव लिने क्रममा अब प्रतिदिन १८ हजार जनासम्मको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्न सक्ने गरी ल्याबको स्थापना गरिएको जानकारी दिइएको छ ।

" /> माहामारी सबैको चुनौती हो,कसैले विरोध नगरौँ : प्रधानमन्त्री - Sarbocha Media

माहामारी सबैको चुनौती हो,कसैले विरोध नगरौँ : प्रधानमन्त्री

`

     २०७७ श्रावण २० गते ८:२३

काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रण गर्न सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा सचेतना जगाउँनु पर्ने बताएका छन् ।

कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग छलफल गर्न मंगलबार आयोजित छलफलमा प्रधानमन्त्रीले संकटलाई बिरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति बदल्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्रीले कहिले लकडाउन किन भनेर विरोध गर्ने कहिले लकडाउन खोलेको भनेर विरोध गर्ने गरेको भन्दै महामारी सबैको चुनौती भएकाले यसलाई कसैले पनि यसलाई विरोधको अवसर ठान्न नहुने धारणा व्यक्त गरेका छन् ।

advertisement

विज्ञसगँको छलफलमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले लकडाउन गर्ने, नगर्ने कुरा समुादयमा संक्रमणको स्तर हेरेर निर्धारण हुनुपर्ने बताए । उनले हरेक नागरिकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन कडाइ गर्नुपर्ने बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग सरकारले सुझाव लिने क्रममा अब प्रतिदिन १८ हजार जनासम्मको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्न सक्ने गरी ल्याबको स्थापना गरिएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?