advertisement

बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सभापति देउवाले काम गर्ने सरकारले नै भएको भन्दै भने, ‘हामीले सुझाव दिएकै छौँ । हामीले दिएको सुझाव नमान्ने । अनि फेरि सुझाव लिन किन बोलाउनुप¥यो ?’

सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्दारमा खटिनुको साटो सत्ताको खिँचातानीमा मात्रै रमाएको भन्दै उनले भने ‘कुरा कसैको नुसुन्ने । यो यो गर्नुस् भनेर भनेकै छौँ । थप सुझाव के दिनु केही छैन । दिएको सुझाव कार्यान्वयन गर्नुस् भनेर भनें ।’

" /> प्रधानमन्त्रीले सुझाव लिनेमात्रै होइन, काम गर्नुपर्छ : शेरबहादुर देउवा - Sarbocha Media

प्रधानमन्त्रीले सुझाव लिनेमात्रै होइन, काम गर्नुपर्छ : शेरबहादुर देउवा

`

     २०७७ श्रावण २० गते १०:३३

काठमाडौं, साउन २० । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई औपचारिकताका लागि सुझाव लिने मात्र नभई आफूहरुले भनेका कुरा कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीलेले बालुवाटारमा बोलाएको विज्ञहरुको बैठकमा सभापति देउवाले कोरोना नियन्त्रणमा आफूहरुले दिएको सुझाव अनुसार सरकारले काम नगर्दा भयावह स्थिति आउन लागेको बताएका थिए ।

बैठकमा छोटो समय बसेर आफ्नो धारणा राख्दै देउवाले सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको पनि टिप्पणी गरेका थिए ।

advertisement

बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सभापति देउवाले काम गर्ने सरकारले नै भएको भन्दै भने, ‘हामीले सुझाव दिएकै छौँ । हामीले दिएको सुझाव नमान्ने । अनि फेरि सुझाव लिन किन बोलाउनुप¥यो ?’

सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्दारमा खटिनुको साटो सत्ताको खिँचातानीमा मात्रै रमाएको भन्दै उनले भने ‘कुरा कसैको नुसुन्ने । यो यो गर्नुस् भनेर भनेकै छौँ । थप सुझाव के दिनु केही छैन । दिएको सुझाव कार्यान्वयन गर्नुस् भनेर भनें ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?