पेनाल्टी सुट आउटमा हिमालय शेर्पालाई हराउँदै पुलिस क्वार्टर फाइनलमा प्रवेश

`

     २०७८ माघ ०७ गते ११:५१

काठमाडौँ, ७ माघ । नेपाल पुलिस क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार पोखरामा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त समयमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा पनि ४-४ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सडेन डेथबाट निर्णय लिएको हो।

यसअघि बिहीबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २-० ले हराउँदै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?