विद्युत्को पहुँच विस्तार हुन नसकेका र सोलारबाट उज्यालोमा रात बिताउने क्षेत्रमा दूरसञ्चार कार्यालयको सेवा प्रभावकारी हुन नसकेको प्रमुख भण्डारीको दाबी छ । दूरसञ्चार कार्यालयका अनुसार पाल्पामा हालसम्म मोबाइल सिम प्रिपेड एक लाख ८० हजार ८२२ र पोस्टपेड चार हजार २४५वितरण गरिसकेको दूरसञ्चार कार्यालय पाल्पाका सूचना अधिकारी रामराज रेग्मीले बताउनुभयो ।

जिल्लामा ल्याण्डलाइन फोन प्रयोगकर्तामा कमी देखिएको छ । मोबाइल सिम प्रयोगको तुलनामा ल्याण्डलाइन फोनप्रति आकर्षण घट्दो छ ।

advertisement

पाल्पामा हालसम्म तीन हजार ४५६ ल्याण्डलाइन वितरण भएको देखिन्छ । त्यस्तै सिडीएमए स्काइ पोष्टपेड हालसम्म ४११ वितरण भएको चालू आवमा १८ वटामा मात्र वितरण भएको छ । सिडीएमए स्काइ प्रिपेड २० हजार ७८२ हालसम्म वितरण भएको छ ।

जिल्लाका कचल, गोठादी, लुङ्ग, सत्यवतीमा बिटिएस जडानपछि स्थानीय बासिन्दालाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । पाल्पा रैनादेवी छहराको सिद्देश्वर, सत्यवती निस्दीको ज्यामिरे लगायतका क्षेत्रमा अझै पनि मोबाइलमार्फत कुराकानी गर्न समस्या हुँदै आएको छ ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय पाल्पाले दूरसञ्चारका गुल्मी र अर्घाखाँचीसँग समन्वय गरी सेवा प्रवाह गर्दै आएको छ । ती जिल्लाकोे एमआइएसको प्रतिवेदन तयारी गरी केन्द्रीय कार्यालयमा पठाउँदै आएको छ । सूचना प्रविधिको विकासले दूरसञ्चार कार्यालयबाट पाउने सेवासुविधा इन्टरनेटका कारण सहज बन्दै गएको छ । सूचना प्रविधिको बढ्दो आविष्कारले हुलाकसँग दूरसञ्चार कार्यालयको पनि महत्व कमी हुँदै गएको छ ।

" /> पाल्पा जिल्लाभर सुलभ मूल्यमा इन्टरनेटको पहुँच विस्तार हुँदै - Sarbocha Media

पाल्पा जिल्लाभर सुलभ मूल्यमा इन्टरनेटको पहुँच विस्तार हुँदै

`

     २०७६ माघ ०७ गते १:०८

पाल्पा, ०७ माघ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय पाल्पाले जिल्लाभर इन्टरनेटको पहुँच विस्तार गरेको छ । जिल्लामा एडीएसल ९४४ जडान गरिएको छ । जिल्लामा इन्टरनेटको पहुँच विस्तार गरी सहजरुपमा सुविधा प्रदान गर्न योजनाका साथ काम अघि बढाएको छ । दूरसञ्चार कार्यालयले सुलभ मूल्यमा इन्टरनेट जडान कार्यलाई तीव्रता प्रदान गरेको हो ।

जिल्ला सदरमुकाम तानसेनमा फोरजी सेवा सञ्चालनमा छ । दूरसञ्चार कार्यालय, तानसेनकै लहरेपीपल, रिडी र बेगनासकाली गाउँपालिकाको बरादीमा फोर जी सञ्चालनमा रहेको दूरसञ्चार कार्यालय पाल्पाका प्रमुख सन्तोष भण्डारीले बताउनुभयो । पाल्पाको पूर्वी क्षेत्रमा फोरजीको सेवा विस्तार गर्ने तयारीमा छ । रामपुर, मित्याललगायतका क्षेत्रमा बिटिस जडान कार्य भइसकेको छ । यसै आवभित्र फोर जी सेवा विस्तार गर्ने र नागरिकलाई सहजरुपमा इन्टरनेटको पहुँच विस्तार गर्ने योजना रहेको प्रमुख भण्डारीको दाबी छ ।

दूरसञ्चार कार्यालय हालसम्म इन्टरनेटका लागि वाइम्याक्स १३७, लेस लाइन १७, इटिटीस ३४१ छन् । जिल्लाका अधिकांश स्थानमा अहिले टु र थ्री जीका सेवा सहजरुपमा प्रयोग गर्दै आएका छन् । टु जी, थ्री जीको सहज पहुँचमा रहेका नागरिकले सामाजिक सञ्जाल प्रयोग गरी सूचनाको आदनप्रदान गर्नै सफल भएका छन् । आफन्तसँग भिडियोमा कुराकानी गर्न पाउँदा स्थानीयवासी खुशी छन् ।

विद्युत्को पहुँच विस्तार हुन नसकेका र सोलारबाट उज्यालोमा रात बिताउने क्षेत्रमा दूरसञ्चार कार्यालयको सेवा प्रभावकारी हुन नसकेको प्रमुख भण्डारीको दाबी छ । दूरसञ्चार कार्यालयका अनुसार पाल्पामा हालसम्म मोबाइल सिम प्रिपेड एक लाख ८० हजार ८२२ र पोस्टपेड चार हजार २४५वितरण गरिसकेको दूरसञ्चार कार्यालय पाल्पाका सूचना अधिकारी रामराज रेग्मीले बताउनुभयो ।

जिल्लामा ल्याण्डलाइन फोन प्रयोगकर्तामा कमी देखिएको छ । मोबाइल सिम प्रयोगको तुलनामा ल्याण्डलाइन फोनप्रति आकर्षण घट्दो छ ।

advertisement

पाल्पामा हालसम्म तीन हजार ४५६ ल्याण्डलाइन वितरण भएको देखिन्छ । त्यस्तै सिडीएमए स्काइ पोष्टपेड हालसम्म ४११ वितरण भएको चालू आवमा १८ वटामा मात्र वितरण भएको छ । सिडीएमए स्काइ प्रिपेड २० हजार ७८२ हालसम्म वितरण भएको छ ।

जिल्लाका कचल, गोठादी, लुङ्ग, सत्यवतीमा बिटिएस जडानपछि स्थानीय बासिन्दालाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । पाल्पा रैनादेवी छहराको सिद्देश्वर, सत्यवती निस्दीको ज्यामिरे लगायतका क्षेत्रमा अझै पनि मोबाइलमार्फत कुराकानी गर्न समस्या हुँदै आएको छ ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय पाल्पाले दूरसञ्चारका गुल्मी र अर्घाखाँचीसँग समन्वय गरी सेवा प्रवाह गर्दै आएको छ । ती जिल्लाकोे एमआइएसको प्रतिवेदन तयारी गरी केन्द्रीय कार्यालयमा पठाउँदै आएको छ । सूचना प्रविधिको विकासले दूरसञ्चार कार्यालयबाट पाउने सेवासुविधा इन्टरनेटका कारण सहज बन्दै गएको छ । सूचना प्रविधिको बढ्दो आविष्कारले हुलाकसँग दूरसञ्चार कार्यालयको पनि महत्व कमी हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?