advertisement

एकजना अध्यक्षले सरकार सञ्चालन, पुर्नगठन र अर्का अध्यक्षले महाधिवेशनको तयारी गर्ने स्थायी कमिटिले म्याण्डेट दिएको उनले बताए। तर, स्थायी कमिटीका निर्णय कार्यान्वयन हुने अवस्थामा फेरि अन्तरविरोध आएको उनले बताए। ‘अन्तर्विरोध हुनुपर्ने त्यस्तो कुनै दुर्घटना नै भएजस्तो लाग्दैन, तर अहिले मर्यादाबाहिर गएर आरोप प्रत्यारोप गर्ने काम भएको छ’, उनले भने, ‘मर्यादाबाहिरका काम रोक्नुपर्छ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

" /> नेकपाभित्र कल्पना बाहिरको जटिलता आएको छ : महासचिव पौडेल - Sarbocha Media

नेकपाभित्र कल्पना बाहिरको जटिलता आएको छ : महासचिव पौडेल

`

     २०७७ मंसिर १० गते २:०९

बुटवल, १० मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रको अन्तरविरोधको जड नै पत्ता लगाउन कठिन भएको बताएका छन्। भदौ २६ गतेको स्थायी कमिटी बैठकपछि नेतृत्वबीचको दूरी बढ्नुको कुनै कारण नदेखिएको उनले बताए।

‘कल्पनाभन्दा बाहिरको जटिल समस्या पार्टीभित्र आएको छ। पार्टीलाई एकताबद्ध गरेर लान सकिन्छ कि सकिदैन भन्ने प्रश्न आएको छ’, उनले भने, ‘मैले यसपटक बुझ्न सकेको छैन। पार्टी भित्र के त्यस्तो सुनामी आयो ?’ यसको पृष्ठभूमिमा सैद्धान्तिक अन्तरविरोध हुन कि अरु हुन भन्ने बुझ्नै नसकिएको उनले बताए।

advertisement

एकजना अध्यक्षले सरकार सञ्चालन, पुर्नगठन र अर्का अध्यक्षले महाधिवेशनको तयारी गर्ने स्थायी कमिटिले म्याण्डेट दिएको उनले बताए। तर, स्थायी कमिटीका निर्णय कार्यान्वयन हुने अवस्थामा फेरि अन्तरविरोध आएको उनले बताए। ‘अन्तर्विरोध हुनुपर्ने त्यस्तो कुनै दुर्घटना नै भएजस्तो लाग्दैन, तर अहिले मर्यादाबाहिर गएर आरोप प्रत्यारोप गर्ने काम भएको छ’, उनले भने, ‘मर्यादाबाहिरका काम रोक्नुपर्छ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?