पछिल्लो पटक पनि ट्रम्पले महाभियोग सामना गरेका थिए । तर उनीविरुद्धको महाभियोग प्रस्ताव पास भएको थिएन ।

" /> ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेस - Sarbocha Media

‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेस

`

     २०७७ पौष २८ गते ३:०५

एजेन्सी, २८ पुस । अमेरिकी संसद्‍मा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा डेमोक्रेटिक पार्टीले महाभियोग प्रस्ताव पेस गरेको छ ।

ट्रम्प अमेरिकी संसद्‍मा भएको हिंसा भड्काउन सक्रिय रुपमा लागेको महाअभियोग प्रस्ताावमा उल्लेख गरिएको छ । सभामुख नान्सी पेलोसीले पनि राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाएर हटाउन जोड दिएकी छिन् ।

डेमोक्रेटिक पार्टीले राष्ट्रपति ट्रम्पले विद्रोह गरेको र भीडलाई हिंसात्मक क्रियाकलाप गर्न उक्साएको उल्लेख गर्दै महाभियोग वा अमेरिकी संविधानको २५औं संशोधनबाट पदबाट हटाउनुपर्ने बताउँदै आएको छ ।

पछिल्लो पटक पनि ट्रम्पले महाभियोग सामना गरेका थिए । तर उनीविरुद्धको महाभियोग प्रस्ताव पास भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?