डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रो पटक महाअभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरिसकेका छन् ।

अमेरिकामा नोभेम्बर ३ मा भएको चुनावमा विजयी भएका जो बाइडेनको जित उल्टाउने प्रयासस्वरूप ट्रम्पले आफ्ना समर्थकलाई संसद्‍मा आक्रमण गर्न प्रोत्साहित गरेको आरोप लगाइएको हो । हाउस अफ रेप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी लोकतन्त र संविधानमाथि नै खतरा रहेकाले तत्काल पदबाट हटाउनुको विकल्प नरहेको बताएकी छन् ।

जनवरी २० तारिखमा पदावधि सकिनुअघि नै ट्रम्पलाई राष्ट्रपति भवनबाट निकाल्नका लागि डेमोक्रेटिक दलले दुइटा योजना अघि सारेको हो । अमेरिकी संविधानमा रहेको व्यवस्थाअनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति पेन्सलाई दबाब दिने डेमोक्र्याटहरूको पहिलो योजना हो । संविधानको २५ औं संशोधनअनुसार पेन्सले ट्रम्प अयोग्य रहेको घोषित गर्दै कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी आफूमा ल्याउन सक्छन् ।

तर पेन्स ट्रम्पलाई हटाउन तयार भएनन् भने महाअभियोग लगाउने प्रक्रियाका निम्ति प्रस्तुत प्रस्तावमा बुधबार छलफल सुरु हुने डेमोक्र्याटहरूको भनाइ छ । महाभियोग विधेयकका प्रस्तावकहरूले तल्लो सदनबाट पारित गर्न आवश्यक सांसद संख्या आफूहरूसँग रहेको दाबी गरेका छन् ।

" /> ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदनबाट पास - Sarbocha Media

ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदनबाट पास

`

     २०७७ पौष २९ गते ८:४९

वासिङ्टन, २९ पुस । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदनले पास गरेका छन् । हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट बुधबार पास भएको प्रस्तावमा गत बुधबार संसद् भवनमा भएको हिंसालाई ट्रम्पले प्रोत्साहित गरेको आरोप लगाइएका छन्।

डेमोक्र्याटहरूले संसद्मा राखेको प्रस्तावमा ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेस्न तथा मन्त्रिमण्डललाई आग्रह गरिएका थिए । तर उपराष्ट्रपति पेन्सिले अमेरिकी संविधानको २५औँ संशोधनमार्फत ट्रम्पलाई हटाउने कुरा अस्वीकार गरेपछि संसद्मा मतदान भएको हो । ट्रम्पलाई हटाउनुपर्छ भन्ने प्रस्तावमा २२३ जना सांसदले मतदान गरेका थिए । त्यस्तै विपक्षमा २०५ मत परेको थियो । ट्रम्पलाई २५औँ संशोधनबाट हटाउनुपर्छ भन्ने पक्षमा रिपब्लिकन पार्टीका एक सांसदको पनि मत आएको थियो ।

डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रो पटक महाअभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरिसकेका छन् ।

अमेरिकामा नोभेम्बर ३ मा भएको चुनावमा विजयी भएका जो बाइडेनको जित उल्टाउने प्रयासस्वरूप ट्रम्पले आफ्ना समर्थकलाई संसद्‍मा आक्रमण गर्न प्रोत्साहित गरेको आरोप लगाइएको हो । हाउस अफ रेप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी लोकतन्त र संविधानमाथि नै खतरा रहेकाले तत्काल पदबाट हटाउनुको विकल्प नरहेको बताएकी छन् ।

जनवरी २० तारिखमा पदावधि सकिनुअघि नै ट्रम्पलाई राष्ट्रपति भवनबाट निकाल्नका लागि डेमोक्रेटिक दलले दुइटा योजना अघि सारेको हो । अमेरिकी संविधानमा रहेको व्यवस्थाअनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति पेन्सलाई दबाब दिने डेमोक्र्याटहरूको पहिलो योजना हो । संविधानको २५ औं संशोधनअनुसार पेन्सले ट्रम्प अयोग्य रहेको घोषित गर्दै कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी आफूमा ल्याउन सक्छन् ।

तर पेन्स ट्रम्पलाई हटाउन तयार भएनन् भने महाअभियोग लगाउने प्रक्रियाका निम्ति प्रस्तुत प्रस्तावमा बुधबार छलफल सुरु हुने डेमोक्र्याटहरूको भनाइ छ । महाभियोग विधेयकका प्रस्तावकहरूले तल्लो सदनबाट पारित गर्न आवश्यक सांसद संख्या आफूहरूसँग रहेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?