advertisement

त्यसको भोलिपल्ट नियमित लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो भएको थियो र लाइभ हेरिरहेका प्रयोगकर्ताले उनी चिच्याएको आवाज सुनेका थिए । त्यसको २ दिनपछि उनकी दिदीले घटनाको जानकारी दिएपछि उनलाई लाइभमै जलाइएको खुलासा भएको हो ।

घटनामा संलग्न आरोपमा लामुका पूर्वपतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको चिनियाँ प्रहरीले जनाएको छ । टिकटकमा उनले ग्रामीण जीवन झल्काउने भिडियो पोष्ट गर्ने गर्थिन् । जसका कारण उनी चर्चित थिइन् । टिकटक भिडियोमा लाखौं ‘लाइक्स’ आउँथे ।

गत सेप्टेम्बर १४ मा उनीविरुद्ध आक्रमण भएको स्थानीय प्रहरीले जनाएको छ । उनलाई बचाउने आर्थिक सहयोग संकलन गरी अस्पताल भर्ना गरिए पनि नसकिएको बताइएको छ । यो घटनाले चीनमा हुने महिला हिंसालाई पुनः सामाजिक सञ्जालमा आलोचनाको प्रमुख विषय बनाएको छ ।

" /> चिनियाँ टिकटक सेलिब्रेटीलाई टिकटक लाइभमै पतिले पेट्रोल छर्केर आगो लगाई गरे हत्या - Sarbocha Media

चिनियाँ टिकटक सेलिब्रेटीलाई टिकटक लाइभमै पतिले पेट्रोल छर्केर आगो लगाई गरे हत्या

`

     २०७७ आश्विन १६ गते ८:३९

काठमाडौं, १६ असोज । चीनमा टिकटकमा चर्चित एक युवतीलाई ‘लाइभ’ गरिरहेकै बेला उनका पूर्व पतिले पेट्रोल खन्याएर आगो लगाई हत्या गरेका छन् ।

चिनियाँ संस्करणको टिकटक ‘डोइन’ मा चर्चित लामु नामकी महिलालाई जिउँदै जलाइएको बीबीसीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमण भएको २ सातापछि बुधबार उनको मृत्यु भएको हो ।

चीनको सिचुवान प्रान्तकी ३० वर्षीया लामुले गत सेप्टेम्बरमा अन्तिम भिडिओ पोष्ट गरेको डेली मेलले जनाएको छ । भिडिओमा उनले आफ्ना प्रशंसकलाई परम्परागत तिब्बती भाषाको गीत गाउँदै शुभकामना दिएकी थिइन् ।

advertisement

त्यसको भोलिपल्ट नियमित लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो भएको थियो र लाइभ हेरिरहेका प्रयोगकर्ताले उनी चिच्याएको आवाज सुनेका थिए । त्यसको २ दिनपछि उनकी दिदीले घटनाको जानकारी दिएपछि उनलाई लाइभमै जलाइएको खुलासा भएको हो ।

घटनामा संलग्न आरोपमा लामुका पूर्वपतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको चिनियाँ प्रहरीले जनाएको छ । टिकटकमा उनले ग्रामीण जीवन झल्काउने भिडियो पोष्ट गर्ने गर्थिन् । जसका कारण उनी चर्चित थिइन् । टिकटक भिडियोमा लाखौं ‘लाइक्स’ आउँथे ।

गत सेप्टेम्बर १४ मा उनीविरुद्ध आक्रमण भएको स्थानीय प्रहरीले जनाएको छ । उनलाई बचाउने आर्थिक सहयोग संकलन गरी अस्पताल भर्ना गरिए पनि नसकिएको बताइएको छ । यो घटनाले चीनमा हुने महिला हिंसालाई पुनः सामाजिक सञ्जालमा आलोचनाको प्रमुख विषय बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?