५.३ रेक्टर स्केलको भूकम्प बैतडी, दार्चुला, बझाङ र डडेलधुरामा धक्का महसुस

`

     २०७९ वैशाख २८ गते १:२६
  • 52
    Shares

काठमाडौँ, २८ वैशाख । भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा भूकम्पको महसुस गरिएको छ ।

भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?