३१२५ पीसीआर परीक्षण गर्दा थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

  • Avatar
    admin

    April 11, 21 12:23 pm

  • Comments

काठमाडौँ, २९ चैत । पछिल्लो २४ घण्टामा थप ३ सय ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१२५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ । पछिल्लो २४ घण्टामा १४१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म कोरोनाभाइरसको सक्रिय संक्रमित २ हजार ९६१ जना रहेका छन् । कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ४० पुगेको स्वास्थ्य मन्त्रालय जनाएको छ ।