२४ घन्टामा देशभर १९ सय ४५ काेराेना संक्रमित थपिए, २२ जनाको मृत्यु

  • Avatar
    admin

    November 20, 20 10:25 am

  • Comments

काठमाडौं, ५ मंसिर । नेपालमा कोरोना भाइरसका आज १९ सय ४५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

आज ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

advertisement

२४ घन्टामा  २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ । यसअघि बिहिबार १७ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा १० हजार ३ सय ४० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षणको संख्या १६ लाख ४३ हजार ९ सय पुगेको छ। हाल ७ सय ५३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।