२४ घण्टामा मुलुक भर ७२११ जनामा कोरोना सङ्क्रमण, २७ जनाको मृत्यु

  • Avatar
    admin

    May 2, 21 10:59 am

  • Comments

काठमाडौँ, १९ वैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

Advertisement

१६ हजार १ सय ४७ पीसीआर परीक्षणमा ७ हजार १ सय ३७ जना र ६ सय २३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिनमा ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म ३३ सय २५ जनाले मृत्यु भएका छन्।