२४ घण्टामा थप ७ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि

  • Avatar
    admin

    May 3, 21 12:04 pm

  • Comments

काठमाडौँ, २० वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

Advertisement

देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६ सय ५८ पीसीआर परीक्षणबाट ७ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।