२४ घण्टामा थप ५१५३ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो

  • Avatar
    admin

    June 8, 21 11:23 am

  • Comments

काठमाडौँ, २५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ ।

Advertisement

गत २४ घण्टामा १ सय ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८ हजार ९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो अवधिमा ५ हजार १ सय ५३ जना संक्रमित थपिएका छन्। १२ हजार ६५ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ८ सय ७० र ५ हजार ६ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ३८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

गत २४ घण्टामा ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।