२४ घण्टामा थप ४ हजार ३९२ लाई कोरोना पुष्टि, २१ को मृत्यु

  • Avatar
    admin

    October 16, 20 10:48 am

  • Comments

काठमाडौं, ३० असोज । शुक्रबार थप ४ हजार ३९२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

Advertisement

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख २६ हजार १३७ पुगेको उनले बताए। यस दिन कोरोनाबाट ३ हजार ५२२ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ।

advertisement

अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३७ हजार ३८२ सक्रिय संक्रमित छन्। कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ। यस दिन मात्र थप मृतक २१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस दिन १६ हजार ५३१ जनाको पिसिआर परीक्षण गरिएको हो।