२४ घण्टामा थप ४,९२८ जना कोरोना सङ्क्रमित, ३५ जनाको मृत्यु

  • Avatar
    admin

    April 29, 21 11:36 am

  • Comments

काठमाडौँ, १६ वैशाख। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement

१२ हजार ५ सय ९७ पीसीआर परीक्षणमा ४ हजार ८ सय ३१ जना र ९ सय ६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४ हजार ९ सय २८ जना सङ्क्रमित रहेको जनाएको छ ।

कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८ सय ८८ रहेको छ ।

हालसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ पुगेका छन् । जसमध्ये होम आइसोलेसनमा ३० हजार ९ सय १६ र संस्थागत आइसोलेसनमा ३ हजार २ सय १ जना रहेका छन् ।

सक्रिय संक्रमितमध्ये आइसियूमा ३ सय३७ र भेन्टिलेटरमा १ सय ७ जना रहेका स्वास्थ्य मन्त्रालय जनाएको छ ।