२४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि

  • Avatar
    admin

    February 23, 21 11:24 am

  • Comments

काठमाडौँ, ११ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

देशभरका प्रयोगशालामा ३ हजार २१८ जनाको नमुना परीक्षण गर्दा ३९ जना महिला र ७१ जना पुरुष गरी कुल ११० जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ६६६ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार ६८ जना संक्रमणमुक्त भएका छन् भने कुल २०६५ जनाको मृत्यु भएको जनाएको छ ।

हालसम्म देशभर १ हजार ६ जना संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९९५ जनाको होम आइसोलेसनमा छन् भने ४६ जनाको आईसीयू र १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको बताएको छ ।