१० नेपालीले विश्वको दोश्रो अग्लो केटू हिमालको सफल आरोहण गरेर इतिहास रचे

  • Avatar
    admin

    January 17, 21 1:28 am

  • Comments

काठमाडौं, ४ माघ । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्दा अग्लो हिमाल केटुको आरोहण गरेर १० जना नेपालीको पर्वतारोही टोलीले इतिहास रचेका छन् ।

Advertisement

टोलीले केटुको आरोहण गरेर विश्व रेकर्ड बनाएका छन् । उनीहरु पाकिस्तानी समय अनुसार साँझ ५ बजे ८ हजार ६ सय ११ मिटर अग्लो केटु हिमालको शिखरमा पुगेका थिए ।

अघिल्लो साता मात्र स्पेनका एक पर्वतारोही हिमाल चढ्ने क्रममा गोडा चिप्लिएर लड्दा मृत्यु भएको थियो । यो हिमाल अहिलेसम्म कसैले पनि आरोहण गर्न सकेका छैनन् ।

केटु हिमाल सगरमाथा भन्दा २ सय मिटर कम उचाइको छ । यो काराकोरम पर्वत श्रृंखलामा पर्दछ । पाकिस्तान–चीनको सीमामा रहेको यो केटु हिमाल ८ हजार मिटर भन्दा बढीको १४ हिमालमध्ये एक हो ।

लामो समयदेखि यो पर्वतलाई सबैभन्दा खतरनाक मानिएको थियो । अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा केटु हिमाल चढ्ने कोसिस गरे पनि असफल भए र उनको मृत्यु भयो ।