हे युवा ! (कविता )

  • Avatar
    admin

    August 15, 20 8:42 am

  • Comments

हे युवा !
यहाँ ! तिमीले साहस बोकेर मात्र पुग्छ
तिमीले देश बचाउनु छ, अन्याय र अत्यचारलाई हटाउनु छ
देशलाई सम्हाल्नु छ, सुधार्नु छ ।

Advertisement

हे युवा ! यहाँ, तिमीले आलस्यता हटाऊ
जोस जाँगर बढाऊ मात्र
तिम्रो साहस अब देखिनु छ
आमालाई माया गर है, तिमीहरू
झोक्राइरह्यौ भने नि तिम्री आमाले अब
पत्याउनु हुने छैन
तिमी साहस बोकेर आऊ
अरूको गाँस र बास बनेर आऊ
अन्याय गर्नेका लागि न्यायको मेरुदण्ड बनेर आऊ ।

हे युवा ! यहाँ भोक देख्नु परिरहेको छ
छुवाछुत, सामाजिक विभेद कति हो कति
मेरी आमाको ओठमा हाँसो नदेखेको वषौँ भइसक्यो
तिमीले आफ्नी आमालाई खुसी पार्न सकेनौ भने नि
तिमीहरूलाई आमाले एकदिन श्राप दिनुहुनेछ ।

advertisement

हे युवा ! यहाँ देशको चिन्ताले आमालाई
आजभोलि निन्द्रा परेको छैन रे
युवाहरू बिहान अबेरसम्म सुतेको देखेर
आमा निराश हुँदै धिक्कार्नु हुन्छ रे ।

आजभोलि
आमाले रेडियो, टेलिभिजनमा
पनि समाचार सुन्न छोड्नु भएछ नि !
देश बनाऊ भन्दाभन्दै विदेश जाने ती छोराहरूलाई
देखेर आमाको मन बिछिप्त भएको कत्ति भयो ।

अब त ढिलो भइसक्यो, तिम्री आमा हुँदै
तिमी आफ्नो देश फर्क ल
तिमीले माटोलाई बचाएनौ भने नि
एक दिन, कठै! ती आमाले आफ्नै
सन्तानलाई घृणा त गर्नु नै हुनेछ र
आमाको आँखाबाट अहिलेसम्म कहिल्यै
नसल्बलाएका अश्रुधारा आँसु बग्नेछन् ।


– दिनेश घिमिरे
कवि जया मल्टिपल क्याम्पस गोकर्णेश्वरमा प्राध्यापनरत हुनुहुन्छ ।
(प्रकाशित मितिः ३१ साउन, २०७७)