हेटौँडा अस्पतालमा थप १ सङ्क्रमितको मृत्यु

  • Avatar
    admin

    May 4, 21 10:59 am

  • Comments

मकवानपुर, २१ वैशाख । मकवानपुरको हेटौंडा अस्पतालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।

Advertisement

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले कोरोना संक्रमितहरुको उपचारका लागि संचालन गरेको कोभिड–१९ उपचारमा बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित अम्लेखगञ्जकी ५९ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको अस्पतालका इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

मृतक पुरुष मधुमेह र मृगौला सम्बन्धी रोगबाट पीडित रहेको र उपचारको लागि गत वैशाख १५ गते भर्ना भएको डा. काफ्लेले बताए ।

उनको १५ गते स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा १६ गते पुष्टि भएको र उपचारका कोभिड–१९ वार्डको एचडियु कक्षमा सारिएको डा. काफ्लेले जानकारी दिए।

यो सँगै हेटौंडा अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु संख्या ५ जना पुगी सकेको बताएको छ ।