February 19, 21 7:30 am
काठमाडौँ, ७ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज प्रतितोलामा १ हजारले घटेको छ। हिजो ८९ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज घटेर ८८ हजार २ सय रुपैयाँमा कारोबार छ।
माग घटेसँगै केही समयएता लगातार सुनको मूल्य घटिरहेको छ। फागुन लागे यता मात्रै ६ दिनमा सुन तोलामा २६ सय सस्तो भएको छ।
योसँगै चाँदी पनि आज प्रतितोलामा ३० रुपैयाँ घटेर १३ सय ५ रुपैयाँ तोलामा कारोबार भइरहेको छ।