स्रोत नखुलेको ४३ लाख रुपैयाँ सहित एक युवक पक्राउ

  • Avatar
    admin

    April 4, 21 7:46 am

  • Comments

काठमाडौँ, २२ चैत । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा दाङको तुल्सीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दिप कौशल रहेको छ ।

Advertisement

शनिबार दाङको तुलसीपुरबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ०९१२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यात्रु हिँड्ने प्यासेजमा कार्टुनभित्र एक हजार दरका नोट ३ हजार ९०० थान र ५०० दरका नोट ८०० थान बरामद गरेको प्रहरीले जनाएको। साथै‚ छड्के तिलहरीको पोते माला नौ थान पनि बरामद गरीएको छ ।

उक्त रकम दाङबाट भाइले पठाएको भनी लिन आएको अवस्थामा सन्दीपलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।