सोह्रखुट्टेमा ग्यास सिलिन्डर विस्फोट, ११ जना घाइते

  • Avatar
    admin

    October 15, 20 8:40 am

  • Comments

काठमाडौँ, २९ असाेज । काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर पड्किँदा ११ जना घाइते भएका छन् ।

Advertisement

स्थानीय निरकुमारी क्षत्रीको चारतले घरमा ग्यास सिलिन्डर लिक भई विस्फोट हुँदा ११ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले कान्तिपुरलाई बताए । घाइतेहरुको मनमोहन र पिपल्स अस्पतालमा उपचार भइरहेको एसपी राठौरले जानकारी दिए ।

advertisement

ग्यास विस्फोटपछि आगलागी भएको थियो । प्रहरी र दमकलले आगो निभाइसकेको छ । विस्फोटबाट घरका झ्यालढोकामा रहेका सिसाहरु फुटेका छन् भने नजिकमा रहेका अन्य घरमा पनि सामान्य क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।