सैनिक मञ्चमा सेना दिवसको रोचक कार्यक्रम

  • Avatar
    admin

    March 11, 21 10:40 am

  • Comments

काठमाडौँ, २७ फागुन । नेपाली सेनाले विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाले बिहीबार काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाएको हो।

Advertisement

समारोहमा सेनाले हेलिकप्टरमार्फत ब्यानर प्रदर्शन गर्दै पुष्पवृष्टि गरेको थियो। कार्यक्रममा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाईं, कवाज, मार्चपास, हतियार प्रदर्शन र विभिन्न भेहिकल तथा उपकरणको प्रदर्शन समेत गरेका छन् ।

त्यस्तै सेनाले र नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सांगीतिक प्रस्तुती पनि दिएको छ।

उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित रहेका छन् ।