सुर्खेतमा वैशाख ३१ सम्म लकडाउन थप्ने निर्णय

  • Avatar
    admin

    May 4, 21 12:57 pm

  • Comments

सुर्खेत, २१ वैशाख। सुर्खेतमा वैशाख १४ गतेबाट जारी निषेधाज्ञा वैशाख ३१ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

Advertisement

कोरोना संक्रमण दर कम हुने सम्भावना नदेखिएकाले वैशाख ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

उनले भने, ‘अनुगमनका कडाइ गर्ने र निषेधाज्ञाको उलंघन गर्नेलाई संक्रामक रोग ऐन अन्तरगत कारबाही गरिने छ ।’ कोरोनाको संक्रमण दर भयावह बन्ने अवस्था बन्दै गएकोले कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न र निषेधाज्ञामा घरमै बसेर कोरोना संक्रमण हुनबाट जोगिन प्रजिअ रिजालले आग्रह गरेका छन् ।

वैशाख २१ गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्म लकडाउन थपिएको बताएको छ ।

साथै लकडाउन उलंघन गरे एक महिना कैद वा एकसय जरिवाना दुबै सजाय हुने पनि बताए । आदेशको कार्यान्वयनमा बाधा पुर्याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६ सय जरिवाना दुवै सजाय हुने बताएको छ ।