सुपरकप: फाइनलकाे लागि बार्सिलोना र सोसिडाड भिड्दै, अन्सु फाती, पिके र कौंटिन्हो टोलीबाहिर

  • Avatar
    admin

    January 13, 21 10:53 am

  • Comments

एजेन्सी, २९ पुष । स्पेनिस सुपरकपको पहिलो सेमिफाइनलमा आज राति क्याटलान क्लब बार्सिलोनाले रियल सोसिडाडको सामनाा गर्दैछ । खेल कोर्डाेभा स्पेनमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

Advertisement

रियल सोसिडाडलाई पराजित गर्दै बार्सिलोना फाइनल पुग्ने दाउमा हुनेछ । टोलीसँग कप्तान लियोनले मेस्सी, एन्टोइन ग्रिजमन, औसमाने डेम्वेले, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, पेड्री, रोनाल्ड एराउजो, सर्जिनो डेस्ट, जोर्डी अल्वा, क्लेमेन्ट लेङलेट र गोलरक्षक मार्क आन्दर टेर स्टेगनको साथ रहेको छ ।

चोटका कारण अन्सु फाती, जेरार्ड पिके, सजी रोबर्टाे, र फिलिपे कौंटिन्हो टोलीबाहिर रहँदा मिरालेम प्यानिच, मार्टिन ब्रथेवेट, रिकी पुच, ट्रिन्काओले वैकल्पिक खेलाडीको रुपमा खेल आफ्नो पक्षमा पार्न सक्नेछ ।

यता, सोसिडाड पनि बार्सिलोनालाई स्तब्ध पार्दै फाइनल पुग्ने दाउमा हुनेछ । विलियन जोश, क्रिस्टियन पोर्टु, मिकेल ओयरजवाल, मिकेल मेरिनो, नाचो मोनरियल, रोविन ले नोरमन्ड र गोलरक्षक एलेक्स रेमिरोको साथ रहेको छ । चोटका कारण डेभिड सिल्भा टोलीबाहिर रहनेछन् ।

यि दुई टोलीको पछिल्लो २५ खेलको नतिजामा बार्सिलोनाको दवदवा छ । बार्सिलोनाले १६ खेल आफ्नो पक्षमा पार्दा ५ खेल सोसिडाडको नाममा रहेको छ । ४ खेल बराबरीमा सकिएको छ ।

१० अप्रिल २०१६ मा सोसिडाडसँग १–० ले पराजित भएयता बार्सिलोनाले सोसिडाडसँग पछिल्लो ११ खेलमा हार खाएको छैन । बार्सिलोना सोही अपराजित यात्रालाई निरन्तरता दिने दाउमा रहँदा सोसिडाड बार्सिलोनासँगको जितविही यात्रा टुंग्याउने दाउमा हुनेछ ।

अर्काे सेमिफाइनलमा बिहीबार राति रियल म्याड्रिड र एथलेटिको बिल्वाओबीच प्रतिस्पर्धा हुदैछ । फाइनल सोमबार राति हुनेछ ।