सुनचाँदीको मूल्यमा वृद्धि

`

     २०७८ माघ ०५ गते ५:३२
  • 30
    Shares

काठमाडौँ, ५ माघ । आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

महासंघका अनुसार आज सुनको मूल्यमा १०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० र तेजाबी सुनको मूल्य ९२ हजार १०० रुपैयाँ थियो ।

यस्तै, चाँदी तोलामा ३० रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?