सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो?

`

सर्बोच्च संवाददाता

काठमाडौँ, मङ्सिर १९ । आज सुनको मूल्य बढेको छ ।

Advertisement

अघिल्लो दिन प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७०० बढेर १२ हजार पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९० हजार ८०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले बढेर एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?