सुनको मूल्य स्थिर, चाँदीको घट्यो

`

सर्बोच्च संवाददाता

काठमाडौँ, ३ साउन । आइतवार सुनको मूल्य स्थिर रहेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारकै मूल्यमा सुनको कारोबार हुने भएको हो । यद्यपी, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० रुपैयाँ कायम छ । आज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ ।

चाँदीको मूल्य आज तोलामा १ हजार १५० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?