सुनको मूल्य बढ्यो

  • Avatar
    admin

    January 20, 21 6:01 am

  • Comments

काठमाडौँ, ७ माघ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९२ हजारमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५ सयमा कायम हुन पुगकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए ।

Advertisement

महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजारमा कारोबार भएको जनाएको छ ।

साथै, बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिए ।